फेवा किनारमा उत्रिएपछि विवेकले भने –‘मुस्ताङ् दालसँग भात खाने बेला भयो’

पाेखरा | पुस ४, २०७९

फेवा किनारमा उत्रिएपछि विवेकले भने –‘मुस्ताङ् दालसँग भात खाने बेला भयो’

बलिउडमा ‘कम्पनी’बाट डेब्यु अवार्ड जितेर स्टार बनेका अभिनेता विवेक ओबराय परिवारका ११ सदस्यसहित अहिले पोखरामा मस्ती गरिरहेका छन् । 

 

पोखराको लेकसाइड र डाडाँकाडाँमा फेरो मारिरहेका उनै ओबराय सोमबार दिउँसो प्याराग्लाइडिङ्मा मस्त थिए । स्काइलाइन प्याराग्लाइडिङका सञ्चालक तथा पाइलट भुवन गाहामगरकाे टाेलीलेभरेकाे उडानमा  उनका परिवारका ४ जना बच्चा पनि थिए । 

 

फेवा किनारमा अन्तिममा टेकअफ गरेका ओबराय ग्लाइडरको हार्नेससहितै सुनगाभा न्यूजसँग गफिए । ‘नेपाल अझ पोखरा त घरजस्तै लाग्यो, हामी सबै रोमाञ्चित छौं’ ओबरायले भने ‘यहाँको उडान म र मेरो परिवारले जिन्दगीभर बिर्सने छैन ।’

भारत र नेपालबीच सयौं वर्षदेखि सांस्कृतिक सम्बन्ध रहेको भन्दै उनले यहाँको आतीथ्यता संसारकै उत्कृष्ट रहेको उनको भनाई छ । ‘यहाँ सबथोक रहेछ, अझ नेपाली मनको जति तारिफ गरेपनि कमै होला’ ओबरायले सुनाए । 

 

नेपालबाट फर्किएपछि पोखराको चर्चा गर्ने र पोखरा जीवनमा एकपटक घुम्नैपर्ने ठाउँ रहेको सन्देश दिने उनका उद्देश्य छ । त्यस्तै, ४ वर्षे छोरीसमेत सुरक्षिततवरले प्याराग्लाइडिङ्मा उडेको भन्दै पोखरेली प्यारापाइलटको खुलेरै प्रशंसा गरे ।
 

सोहीक्रममा ‘अब विवेकलाई सिनेमाको पर्दामा कहिले देख्न पाइन्छ ?’ भन्ने प्रश्नमा उनले ‘धारावी बैंक’ ओटीटीमा प्रशारण भइरहेको र हाल रोहित सेट्ठीको निर्देशनमा रहेको ‘इन्डियन पुलिस फोर्स’ अर्काे वर्ष रिलिज हुने जानकारी दिए । 
 

कुराकानीकैबीच परिवारका सदस्यले भोकाएको संकेत गरेपछि ओबरायले भने ‘अब लञ्चमा मुस्ताङ् दालसँग दबाएर भात खाने बेला भयो, सबैलाई नमस्ते !’
 

ओबरायका ‘कम्पनी’, ‘दम’, ‘साथियाँ’, ‘मस्ती’, ‘युवा’, ‘शुटआउट एट लोखण्डवाला’, ‘ओमकारा’लगायत फिल्म हिट छन् । त्यस्तै, उनका बुवा सुरेश ओबरायसमेत सुपरहिट अभिनेता हुन् । 

 

तस्बिर: सुशान्त गाहा मगर

 

 

 

 

 

 

 

 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्